घोराही, २२ फागुन
दाङमा यही फागुन २९, ३० र चैत्र १ गते हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले तीन दिन २ बर्ष देखी माथीका सबै नागरिकहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन लागेको जानकारी दिएको हो ।
हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान नाम दिएर जनस्वास्थ्य कार्याललये २ हजार ८ सय व्यक्तिलाई परिचालन गरेर ६ लाख ११ हजार ३ सय ८४ जनालाई औषधी खुवाउने तयारी गरेको जनस्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो ।
अभियानमा ३ सय स्वास्थ्यकर्मी, ९४२ महिला स्वयमसेविका र १ हजार ६ ससय ५६ स्वास्थ्य स्वयमसेवक गरि २ हजार ८ सय ८० जना कर्मचारीहरु खटिने छन् । साथै २ बर्ष नपुगेका, गर्भवती, ७ दिनको सुत्केरी र सिकिस्त विरामीले उक्त औषधी खान नहुने चिकित्सकहरुको भनाई छ ।।