इन्द्रेणी संवाददाता
देउखुरी, २२ फागुन
देउखुरी क्षेत्रमा ब्यावसायीक रुपमा गाई, वाख्रा पालन गर्दै आएका किसानले समयमा घाँसको विउ उपलब्ध गराउन माग गरेका छन् । पुश सेवा केन्द्र लमहीले आयोजना गरेको योजना तर्जुमा गोष्ठीमा सहभागी किसानहरुले अनुदान र सहुलीयतमा सरकारले उपलब्ध गराउने घाँसको विउ समयमा वितरण गर्न माग गरेका हुन् ।
पशु सेवा केन्द्रले ५० प्रतिशत अनुदान र सहुलीयत दरमा घाँसको विउ उपलब्ध गराउदै आएको छ । किसानलाई निपियर, वर्सीम, जै, सुडान, टियोसेन्टी, वकेना, वडहर, मलाटो, सुम्वासेटेरीया लगाएतका घाँस खेतीमा प्रोत्साहन दिदै आएको छ । तर, यी घाँसका विउ समयमा किसानले पाउन सकीरहेका छैनन् ।
किसानहरुलाई अनुदान र सहुलीयतमा घाँसको विउ उपब्ध गराउन विउ उत्पादनको कार्यक्रम सञ्चालन गर्न थालीएको पशु सेवा केन्द्र लमहीका प्रमुख शशीधर शर्माले वताउनु भयो । पुश सेवा कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ का लागी योजना तर्जुमा सुरु गरिएको छ ।।





