ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
गर्भवतिलाई नै दुरव्यवहार गर्छन महिला स्वास्थ्यकर्मी
इन्द्रेणी सम्वादाता
कार्तिक ३० घोराही दाङ
स्वास्थ्यकर्मी महिलाले नै महिलामाथि दुरव्यवहार गर्छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ तर यो एक स्वास्थ्य सेवा केन्द्रमा गर्भवति महिलामाथि हुदै आइरहेका दुरव्यहार हो्, जिल्ला जनस्वास्थ्य कार्यालय दाङको निर्देशनमा राप्ती उपक्षेत्रीय अस्पताल परिसरमा संचालित संस्थागत परिवार नियोजन सेवा केन्दमा गर्भवतिमाथि महिला स्वास्थ्यकर्मीबाटै दुरव्यवहार हुने गरेको छ । संस्थागत परिवार नियोजन सेवा केन्द्रमा कार्यरत एक सिनियर अनमीले नै सेवाग्राही महिलालाई यस्तो दुरव्यवहार गरेकी हुन् । महिलाको व्यक्तिगत विवरण भर्दादेखि औषधी सेवनमा परामर्श दिदाँ समेत असभ्य शब्द प्रयोग गर्ने गरेको भेटिएको छ, सेवाग्रहीलाई धम्काउने अनि जोइ पोइ खोइ जोइ आए पोइ पनि आउनु पर्छ नभए हुदैन यस्तै धेरै अपशब्द उनले प्रयोग गर्दै आएकी छन् । विगत तीन महिना यता काजमा रहेकी उनले कहिल्यै राम्रो व्यवहार नगरेको सेवाग्राही महिला बताउछन् । सोधपुछ गर्दा राम्रो बोलि र शब्द कहिल्यै सुन्न पाइएन, एक सेवाग्राही महिलाले दुखेसो पोखिन, सेवा लिन आँउदा जहिले पनि यस्तै व्यवहार दोहिरने गरेको छ,।
राज्यले महिलाको स्वास्थ्य सुरक्षाको लागि वर्षमा अर्वाै लगानी गरेको समाचार सुनिन्छ यस्तो सेवा उस्तो सेवा भनिन्छ यहाँ आँउदा महिला स्वास्थ्यकर्मीले हामीसंग राम्रो व्यहार गर्दैनन्, जसले गर्दा एकपटक आएपछि अर्काे पटक आउनै मन लाग्दैन अर्की एक गर्भवति महिलाको पनि यस्तै गुनासो सुनाइन् । धम्काउने र थर्काउने भन्दा अरु जान्दो रहेनछिन्, के गर्ने हामी बोल्न सक्तैनौ, कसले सुनिदिन्छ र हाम्रा गुनासा ? उनले भनिन् ।
संस्थागत परिवार नियोजन सेवा केन्द्रमा हप्तामा डेढ सय महिला सेवा लिने गरेको तथ्याँक छ,गत वर्षको तुलनमा यसवर्ष सेवा लिन आउनेको संख्या बढेको तथ्याँकमा उल्लेख छ, तर सरकारी स्वास्थयकर्र्मीबाट यस्ताखाले दुरव्यहार हुन थालेपछि निजी मेडिकलमा जाँच गराउने बाध्यता हुने गरेको पीडित सेवाग्राहीको प्रतिक्रृया छ ।
पैसा तिररे बरु निजी मेडिकलमै जान ठिक, यहाँ आए राम्रो व्यहावहार हुदैन, अनि के सरकारी सेवा केन्द्र आउनु भन्दै एक गर्भवति महिलाले प्रतिप्रश्न गरिन् । गढवाबाट गर्भवति सेवा लिन आएकी एक महिलाले भनिन् उत्नबाट रिफर गरिदिएर यहाँ आए, यहाँ आउँदा उल्टै उतै जानुस भन्नुहुन्छ, , यहाँको व्यवहारले त म अलमलमा परे। यसरी महिलामाथि सधै दुरव्यहार गर्ने महिला स्वास्थ्यकर्मी सिनियर अनमी डुरुवा स्वास्थ्य केन्द्र कार्यरत थिइन् तर त्यहाँ पनि विवादमा तानिएपछि उनलाई संस्थागत परिवार नियोजन सेवा केन्द्रमा काजमा झिकाइएको एक कर्मचारीले बताए । विवादीत सिनियर अनमी सदरमुकाम आएपछि सरकारी सेवामा समस्या हुदै आएकोे छ ।
सेवा परामर्शमा देखिएको समस्या लिएर हामी जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर भुवन पौडेललाई जिज्ञासा राख्दा, मातहतका स्वास्थ्यकर्मीको व्यवहार सुधार्न आफूले पहल गरिहेको बताए , आगामी यस्ता खाले व्यवहारमा सुधार आउने आश्वासन दिए, नागरिकको सेवा दिन बसेका स्वास्थ्यकर्मीले यस्ता व्यवहार गर्नु उचित नभएको भन्दै कार्यालयको तर्फबाट सुधारका लािग कुनै कसुर बाँकी नराखिने उनले बताए । नागरिकको तर्फबाट यस्ता गुनासा आउनुपर्छ हाम्रा स्टाफमा कमीकमजोरी हुन सक्छन् । राज्यको नागरिक मैत्री सेवालाई प्रभावकारी बनाउन कार्यालय प्रतिवद्ध रहेको बताए ।
स्मरण रहोस् केन्द्रमा गर्भवती महिलाले पाउने सबै औषधी पाइदैन आइरन चक्की बाहेक क्यालसियम खरिद गरी उपभोग गर्न परामर्श दिने गरिदै आएको छ ।
- Blog Comments
- Facebook Comments








