ताजा अपडेट

...


भैलोको रकम सामाजीक काममा



दाङ, ३० कार्तिक । नेपाल कुमाल समाज दाङले तिहारमा खेलेकोे भैलोबाट संकलित रकम सामाजीक कार्यमा खर्चिने भएको छ । समाजको आज प्रसेनिमा सम्पन्न वैठकले भैलोवाट संकलन भएको २० हजार आठ सय पचासि रुपैया बिभिन्न सामाजिक कार्यमा खर्च गर्ने निणर्य गरेको हो ।

उक्त रकमले कुमाल जातिको पोशाक खरिद गर्ने, गाउमा जिर्ण अवस्थामा रहेको जरुवालाई पुन निमार्ण गर्ने, सडक पोलहरुमा वत्ति राख्ने लगाएत काममा खर्च गर्ने योजना रहेको समाजका अध्यक्ष दिपक कुमालले जानकारी दिनुभयो ।

साथै बैठकले यहि मंसिर ४ गते नवलपरासिको कावासोतिमा हुन गईरहेको कुमाल जातिको राष्ट्रिय भेलामा समाजका अध्यक्ष दिपक कुमाल, सचिब जनक कुमाल र संरक्षक गोपाल कुमाललाई पठाउने निर्णय गरेको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.