ताजा अपडेट

...


आम्दानीको श्रोत बन्दै मालागेडी



इन्द्रेणी सम्बाददाता
दाङ २९ कार्तिक ।  दाङको विजौरी ९ छिल्लीकोटका कृषकहरुले मालागेडीको खेतिबाट आम्दानी गर्दै आएका छन ।
त्यसक्षेत्रका करिब ५० घरपरिवारले लोपोन्मुख प्रजाति मालागेडी खेती गर्दै आएको स्थानीय कृषक चन्द्र खड्काले जानकारी दिनुभएको छ ।

बार्षिक रुपमा एक घरले न्युनतम ६ देखि ८ क्विन्टल मालागेडी बिक्री गर्ने गरेको उहाले बताउनुभयो । त्यसबाट ४० देखि ५० हजार आम्दानी लिन सफल भएको खड्काको भनाई छ । एउटा बिरुवाबाट दुई क्विन्टल भन्दा बढी मालागेडी उत्पादन हुने गरेको छ ।

प्रतिक्विन्टल ७ हजार ५ सयका दरले बिक्री हुने गरेको पनि खड्काले जानकारी दिनुभयो । वर्षौदेखि छिल्लीकोटमा मालागेडीको खेती भए पनि जिल्ला वन कार्यालयले केही वर्षदेखि मालागेडीको व्यावसायिक खेती गर्ने उद्देश्यले निःशुल्क बीउ उपलब्ध गराउदै आएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.