Monday, March 28, 2016
एसएलसीमा ७२ हजार वढि कर्मचारी
इन्द्रेणी संवाददाता
काठमाण्डौ, १५ चैत्र
यहि चैत्र १८ गते बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षाका लागि ७२ हजार ८ सय ९६ कर्मचारी परिचालन हुने भएका छन । ति कर्मचारीहरुको दैनिक भत्तामा मात्रै १६ करोड रुपैयाँ खर्च हुने भएको छ ।
एस वर्षको एसएलसी परिक्षामा १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका छन । यसवर्ष ६ लाख १५ हजार ५ सय ५३ जनाले परिक्षा दिदैछन् । नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेड तर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकतर्फ ३ हजार २ सय ५५ विद्यार्थीहरु सहभागी हुँदैछन् ।
सबैभन्दा बढी काठमाडौंमा ९५ परीक्षाकेन्द्रमा ३६ हजार ८ सय ८६ परीक्षार्थी छन् । सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षा केन्द्र र ६९ परीक्षार्थी छन् । गत वर्षको तुलनामा यसपालि देशभर ८१ परीक्षा केन्द्र बढी छन् ।
गत वर्ष १ हजार ८ सय ६२ परीक्षा केन्द्र थिए । भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुल्ऽाई लक्षित गरी यस वर्ष केहि परीक्षा केन्द्र थप गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।
हरेक परीक्षा केन्द्रमा एक–एक जना केन्द्राध्यक्ष तोकिएका छ । यस्तै सहायक केन्द्राध्यक्ष २ हजार ९ सय ७८ जना छन् । तीन सय परीक्षार्थी बराबर एक सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।।

No comments:
Post a Comment