इन्द्रेणी संवाददाता
दाङ, १५ चैत्र
देउखुरीको सिसहनियाँ–७ थकरीकोटमा १ करोडको लागतमा खानेपानी ट्याँकी निर्माण गरिएको छ । यसअघि तीन घण्टा उकालो ओरालो गरेर खोलावाट भरेर ल्याएको दुुषित पानी पिउदै आएका स्थानीयलाई अव भने सहज भएको छ । खानेपानी ट्यांकी निर्माण भएपछि थकरीकोट चित्रीकोट लगायत गाउँका स्थानीयहरु हर्षित भएका छन ।
गाउँमा खानेपानीको धारा निर्माण भएपछि ६५ घर परिवारका २ सय २१ जनाले स्वच्छ खानेपानी पिउन पाएका छन् । एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाज नेपाल को ८० लाख र स्थानीयको २० लाख ८० हजारको जनश्रमदान गरी कुल १ करोड ८० हजार रुपैयाँ बराबरको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको थकरीकोट सोलार पम्पिङ खानेपानी उपभोक्ता समितिले जनाएको छ । हाल उक्त खानेपानी आयोजनाका लागि एउटा पानी संकलन ट्याङ्की, एउटा पानी बितरण ट्याङ्की र ३३ वटा सोलारपाताको ३ हजार ६ सय ३० वाट क्षमता भएको सोलारपावर जडान गरी ११ वटा खानेपानी धारा निर्माण गरिएको समितिका अध्यक्ष दुुर्गा उचही मगरले जानकारी दिनुभयो ।।

No comments:
Post a Comment