इन्द्रेणी संवाददाता
दाङ, १५ चैत्र
दाङमा क्रियाशिल विभिन्न विद्यार्थी संगठनहरुले संस्थागत बिद्यालय मापदण्ड निर्देशिका २०७२ बमोजिम निजी बिद्यालय सञ्चालन गर्न आग्रह गरेका छ । संयुक्त बिद्यार्थी संगठनको आज घोराहीमा बसेको बैठकले जिल्लाका नीजि बिद्यालयहरुले आगामी शैक्षिक सत्र देखि लागु हुने गरि मापदण्ड मै रहेर बिद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।
आगामी शैक्षिक सत्र देखि लागु हुने गरि अभिभाबक भेलाको दुई तिहाईबाट मात्रै शुल्क निर्धारण गरिनुपर्ने निर्देशिकामा उल्लेख छ । उनिहरुले गुरुकुल एकेडेमी घोराही लगाएका केही बिद्यालयले अनुमति र स्थानान्तरण प्रकृया नमिलाएर थप कक्षा सञ्चालन गर्न खोजेको भन्दै प्रकृया भित्रै रहेर कक्षा सञ्चालन गर्न माग गरेका छन ।
साथै बिद्यार्थीहरुले आईएसओ मान्यता नलिई बिना कारण बिद्याल्ऽयको नाममा ईन्टरनेशनल जोडेको भन्दै बिद्यालयको नामबाट ईन्टरनेशनल हटाउन एक हप्ते अल्टिमेटम दिएका छन् । यसैगरी, अबैध रुपमा सञ्चालनमा आएका सम्पुर्ण शैक्षिक संस्थाहरु सञ्चालनमा रोक लगाउन बिद्यार्थी संगठनको माग छ । यसैबिच संयुक्त बिद्यार्थी संगठन र जिल्ला शिक्षा कार्यालयविच बिगतमा भएका सहमतिको व्यवहारीक कार्यान्वयनको माग गरिएको छ ।।

No comments:
Post a Comment