देउखुरी, ३० कार्तिक
दाङमा आज एक कपडा पसलमा आगलागी हुँदा लाखौै रुपैयाको क्षति भएको छ । लमही नगरपालिका ११ स्थित महेन्द्र वस्त्रालयमा विद्युत सर्ट भएर आगलागी हुँदा पसल र गोदाममा रहेका लाखौं मुल्य बरावरको कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीवाट पसल रहेको एकतले घरमा पनि आंशिक क्षति पुगेको छ ।
विद्युत सर्ट भएर बिहान अचानक पसलको गोदामबाट सल्कीएको आगोले लत्ता कपडा, धनमाल जलेको पसलका सञ्चालक महेन्द्र गुप्ताले जानकारी दिनुभयो । आगलागीबाट ४५ देखी ५० लाखको हारहारीमा क्षति भएको इलाका प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।
पीडित गुप्ताले धेरै मुल्यको क्षति भएको वताएपनि आफुहरुको अध्ययनले ४५ देखी ५० लाखको हारहारीमा क्षति पुगेको शाहीले वताउनुभयो । आगोलाई लमही नगर विकास समितिको दमक, स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले नियन्त्रणमा लिएका छन् ।।